अर्घा भगवती विमानस्थलको ३५० घनमिटर जाली बाढी पहिरोले बगायो, २५ लाखको क्षति

अर्घा भगवती विमानस्थलको ३५० घनमिटर जाली बाढी पहिरोले बगायो, २५ लाखको क्षति


सुर्य भुसाल 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अबिरल बर्षा र बाढीका कारण  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा निर्माणाधिन अर्घा भगवती विमानस्थलको चेक वाल बगाउदा झन्डै २५ लाख बराबरको क्षति भएको छ । 


निर्माणाधिन अर्घा भगवती विमानस्थलको चेक वाल बगाउदा झन्डै २५ लाख बराबरको क्षति भएको भएको निर्माण कार्यको जिम्मेवारी लिएको प्रदिप प्रतिभा  खनाल बर्दर्स जेभिका सन्चालक कवि खनालले जानकारी दिए । 

 तीन दिनसम्म परेको बर्षाका कारण विमानस्थल निर्माण कार्यमा अबरोध श्रृजना गरेको छ ।  विमानस्थलको विभिन्न भागमा लगाएको चेकवाल लाईन साईटमा रहेका  जाली झन्डै ४ सय घनमिटर  मिटर पहिरोले पुरेको छ जालीमात्रै नभई अन्य ठाउमा समेत क्षति पुराएको हो । 


 विमानस्थल निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ ।  निर्माणको काम अहिले धमाधम भईरहेको थियोे लगातारको बर्षाले गर्दा निकै समस्या उत्पन्न भएको छ ।  अहिले चेक वाल माथिबाट दलदले माटो बगेर बगाएको थियोे ।  माथिबाट हेर्दा वालबाट बगाएका जालिसमेत देखिदैन अहिले पहिरो ले निकै समस्या उत्पन्न गराएको खनाल ब्रोदर्सका सन्चालक खनालले जानकारी गराए । 

अर्घाखाँचीका अधिकाम्स ठाउँमा बाढी पहिरोले पुर्ण रुपमा क्षति पुराएको छ ।

अन्य समाचारहरु