ढिकुरामा गंगा जमुना कृषि सहकारीका समुहहरुलाई अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न

ढिकुरामा गंगा जमुना कृषि सहकारीका समुहहरुलाई अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न


पारस भट्टराई

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा स्थापित गंगा जमुना कृषि सहकारी संस्थाका समुहहरुलाई अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।


काठमाडौंमा रहेको एकिकृत बिकास संघ तिनकुनेको आयोजनामा भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा स्थापित गंगा जमुना कृषि सहकारी संस्थाका समुहहरुलाई अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।   

 यस आयोजनाको उद्देश्य साना किसानहरुको कृषि उत्पादनमा मुल्य अभिवृद्धि गराई समुदायको आर्थिक क्षमता बढाउने सोच रहेको कृष्ण प्रसाद पोख्रेलले बताउनुभएको छ। यस सहकारी संस्थाका समुहहरुलाई थोरै थोरै मानिस को समुह बनाई यस सम्बन्धी जानकारी यहि संस्थाले दिईरहेको छ।

यसको मुख्य कार्य अन्तर्गत ढिकुराका बाझा जमिनमा अदुवा र बेसार रोपी कृषकको आर्थिक अवस्था उकास्न मद्दत पुग्ने उक्त कार्यक्रम बाट प्रष्ट पारेको छ। आफ्नो संस्था मार्फत ईच्छुक ब्यक्तिहरुलाई राम्रो बिउ बितरण गरी उत्पादीत बस्तु समेत आफैले  बजार मुल्यमा बिक्री गरिदिने सहकारीले बताएको छ।


यस उत्पादन गर्दा कृषकले धेरै मिहिनेत गर्न नपर्ने र जंगली जनावरले पनि असर नगर्ने हुदा यो योजना सर्बोत्तम रहेको भगवता चुदालीले बताउनु भयो। यस आयोजनाले ढिकुरा मा रहेका करिब ५२०जना महिलाहरुलाई समेटेर अघि बढ्ने योजना रहेको गंगा जमुना कृषि सहकारी संस्था ले बताएको छ।

कार्यक्रमको अध्यक्ष- धनिकला बि.क, संचालक कृष्ण प्रसाद पोख्रेल, अतिथि रेमकला खत्री , भगबता चुदाली, सहयोगी सन्देश घिमिरे र पत्रकार पारस भट्टराईको उपस्थित रहेको छ।

उक्त कार्यक्रमको समापन उक्त सहकारीकी अध्यक्ष रेमकला खत्रीले गर्नुभएको छ। यस संस्थाले अन्य कार्यक्रम संचालन गरी समुहका सदस्य हरुको जिबन स्तर माथि उकास्न मद्दत गर्ने कुरा यस कार्यक्रमबाट प्रष्ट पारेको छ।

अन्य समाचारहरु