खाँचीकोटमा अवैध बालुवा ओसार पोसार गर्ने सुर्पहस्ता कन्स्ट्रक्सनको ट्याक्टर प्रहरी नियन्त्रणमा

खाँचीकोटमा अवैध बालुवा ओसार पोसार गर्ने सुर्पहस्ता कन्स्ट्रक्सनको ट्याक्टर प्रहरी नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा अवैध रूपमा बालुवा लैजादै गरेको भन्दै नरपानी प्रहरी चौकीले ट्याक्टर नियन्त्रणमा लिएको छ।


खाँचीकोटमा अबैध रुपमा बालुवा लैजादै गरेको भन्दै नरपानी प्रहरी चौकीले आज मंगलवार सुर्पहस्ता कन्स्ट्रक्सन प्रालिको लु ४ त १२०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

 सुर्पहस्ता कन्स्ट्रक्सन प्रालिको नियन्त्रणमा लिएको उक्त ट्याक्टरलाई प्रहरीले सन्धिखर्क नगरपालिकालाई हस्तान्तरण गरेको छ । सुर्पहस्ता कन्स्ट्रक्सन प्रालिले यहाँ लामो समयदेखि अबैध रुपमा गिट्टी बालुवा उत्खनन गरेको आरोप लाग्दै आएको छ । 


अन्य समाचारहरु