मालारानी गाउँपालिका - २ ले मोबाईल एप ल्यायो, Malarani 02 नेपालमा नै पहिलाे

मालारानी गाउँपालिका - २ ले मोबाईल  एप ल्यायो, Malarani 02 नेपालमा नै पहिलाे


दिपेन्द्र खत्री 

डाँडाकटेरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ मा  सेवाग्राही  र कर्मचारीलाई सिधै जोड्ने उद्देश्यले  एप सञ्चालनमा आएको छ। 


वार्डको सहयोगमा वार्ड भित्र आउने कार्यक्रम वडाका सेवा सुबिधा र जनप्रतिनिधि, कर्मचारी कार्यलय भए नभएकाे सबै जानकारी नपाउने समस्यालाई सम्बोधन गर्दै मालारानी -०२ एप सञ्चालनमा ल्याइएको हो । 

नेपालमै पहिलाे पटक मालारानी गाउँपालिका वार्ड नं. २ ले यस्ताे कार्यक्रम ल्याएकाे जनाइएको छ । 

यस एपमार्फत वडा भित्रका नागरिकले सिधै वडा भित्रका कार्यक्रम, सेवा सुबिधा थाहा पाउनेछन् । नागरिकहरुले आफ्नाे कामकाे लागी धाएर वडा कार्यलय जान नपर्ने, साथै उक्त एप नेपाली अंग्रेजी दुबै भाषा माध्यम बाट चलाउन मिल्ने, सिधै एप मार्फत पुरै जानकारी र सेवा ल्याउन सक्ने एबिएस सफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक के.सी. ले बताए । 

त्यस्तै नागरिकहरुले आफूलाई आवश्यक सेवा सिधै जनप्रतिनिधि र कर्मचारीहरुसँग एपमार्फत कुराकानी गरेर काम गर्न सक्नेछन् । एपमा भएका कुनै पनि सेवाकाे निश्चित समय तोकिएको छैन । नागरिक  र वडाले आफ्नो समझदारीमा सेवाग्राहीले सेवा लिन सक्ने के. सी. ले वताए  । 

नागरिक लाई वडा भित्रका हरेक जानकारी सजिलोसँग थाहा पाउन र वडाका हरेक गतिविधि, वडाकाे भैगाेलिक अबस्था, वडाभित्र रहेका धार्मिक क्षेत्र, प्रकृतिक क्षेत्र, वडा भित्रका बिद्यालय, महत्त्वपूर्ण क्षेत्र,  गाैरवका याेजना आदि उक्त एपमा रहेको र आपतकालीन सम्पर्क (स्वास्थ्यकर्मी, एम्बुलेन्स ) लागि याे एपले सहयाेग गर्ने वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (विनाेद ) ले जानकारी दिए । 

कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै  नागरिकमा परेको असरको दीर्घकालीन न्यूनीकरणका लागि प्रविधिको भूमिकालाई प्राथमिकतामा राख्दै एप निर्माण गरिएकाे भुसालको भनाई छ । 

यद्यपि एपलाई  वडा भित्र संचालन गर्न धेरै मेहेनत गर्नुपर्ने उनी बताउँछन् । ‘धेरैजसो नागरिकहरु यस्ता प्रविधिहरुसँग अझै पनि परिचित छैनन् । त्यसैले यसलाई हामीले नागरिकहरु सम्म पुगेर नै उनीहरुलाई बुझाउनुपर्ने छ ।’ तत्कालको लागि भने देशका विभिन्न स्थानहरुमा जारी निषेधाज्ञाको कारण सो काम गर्न समय लाग्ने वताए ।

एपकाे डाटा संकलनमा मिलन कुबंर क्षेत्री,लिल बहादुर पाण्डे,दिपेन्द्र खत्री सहित रहेका छन् ।


अन्य समाचारहरु