युएई नेपाली एकता समाजका पूर्वमहासचिव भण्डारीप्रती शोकसभा

युएई नेपाली एकता समाजका पूर्वमहासचिव भण्डारीप्रती शोकसभा


 मिति 22/10/2021 का दिन युएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा  संगठनका एक कर्मठ योद्धा ,एक असल र इमानदार जुझारु युवा नेता प्रेमराज भन्डारी प्रती शोक सभा संपन्न भएको छ।

स्याङ्जा, गल्याङ्ग नगरपालिका निवासी पिता पेउनारायण भन्डारी र माता स्यामकला भन्डारीका सुपुत्र भन्डारी रोजगारिको शिलशिलामा  विगत लामो समयदेखि युएईमा काम गर्दै आउनुभएको थियो।यसै क्रममा करिब 2013 देखि हाम्रो संगठनको विभिन्न जिम्मेवारीहरुमा रहेर एकता समाजको विकास र विस्तारमा लगातार काम गर्दै आउनु भएको थियो।

नेपाली श्रमजीवी मजदुर दाजुभाइ तथा  दिदिबहिनीहरुका विभिन्न समस्याहरुमा अमूल्य साथ सहयोग गर्दै आउनु भएका युएई नेपाली एकता समाजका पूर्व महासचिव प्रेमराज भन्डारिको अस्पतालमा उपचारको क्रममा  यहि दिनांक 8/10/2021 का दिन 50 बर्षको उमेरमा असामयिक निधन भएको थियो।
मृतक भण्डारीको पार्थिव शरीर स्वदेश पुगिसकेपछी 14/10/2021 का दिन उहाँको अन्तिम संस्कार संपन्न भएको थियो।एक असल सहयोद्दा गुमाएको दु:खद घडीमा एकता समाजले  आयोजना गरेको उक्त शोक सभा कार्यक्रमको अध्यक्षता समाजका कार्यवाहक अध्यक्ष दिनेश थापाले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन समाजका महासचिव टीकाराम नेपालीले गर्नुभएको थियो।

एक मिनेट मौन धारण पश्चात् उपस्थित संपूर्ण साथीहरूले उहाँको तस्बिरमा पुष्पान्जली अर्पण गर्नु भएको थियो।कार्याक्रममा शोकमन्तव्य राख्दै समाजका वरिष्ठ सल्लाहकार लेखनाथ अधिकारीले आजा एकता समाजले एक होनहार योद्धा गुमाएको छ भन्दै उहाँको मृत्युले समाजलाइ अपूर्णनिय क्षती पुगेको बताउनुभयो। उहाँ सँगको सहयात्राको स्मरण गर्दै आजको यो स्वार्थी दुनियाँमा उहाँ जस्तो निस्वार्थ भावना ले श्रमजीवी वर्गको हक हितको पक्षमा काम  गर्ने योद्धा पाउन एकता समाजलाइ त्यति सजिलो छैन , उहाँका मजदुर मुक्ति आन्दोलनका,शोषण रहित सुनौलो समजको निर्माणका अधुरा इच्छा र चाहनाहरुलाइ पूरा गर्न सकियो भने त्यो नै श्रद्धाञ्जली हुनेछ भन्दै मृत आत्मप्रती चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।उहाँले यस अशहनिय घडिमा परिवारजनमा धैर्य धारणाको कामना गर्दै शोकाकुल परिवारप्रती समवेदना प्रकट गर्नुभयो ।

कार्यक्रममा युएई नेपाली एकता समाजका संस्थापक कृष्ण भूसाल,केन्द्रीय सदस्य चुँडामणी शर्मा ,केन्द्रीय सदस्य निरु शर्मा,महिला विभाग केन्द्रीय अध्यक्ष बिनु केसि,केन्द्रीय सदस्य तथा रक्तिम विभागकि मिना घिमिरे ,एकता समाजका सदस्य तथा बुद्धिजीवी किरण सापकोटा ,एकता समाजजका सदस्य तथा बुद्धिजीवी शालिकराम बन्जाडे,एकता समाज आबुधाबि क्षेत्रीय समिति बाट सावित्रा खनाल ,महिला विभाग आबुधाबिकी सचीव  सचिव बीना तामाङ ,महिला विभाग दुबई क्षेत्रबाट   पार्वता केसि,एकता समाजका पूर्व केन्द्रीय सचीव तथा स्याङ्जा सेवा समाजका प्रवक्ता विश्णु गैरे, सैनामैना सेवा समाजबाट मन्जु शर्मा,  प्रगतिशिल पत्रकार खिमलाल पाण्डे ,बागलुङ सेवा समाजका उपाध्यक्ष हेमराज पौडेल ,दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष गोपाल केसि लगाएत कुश्मा खरेल ,शिव पाठले शोक मन्तव्य राख्नुभएको थियो।

अन्य समाचारहरु