चोरी आरोपमा कपिलवस्तुुको जोलाहीका वडाअध्यक्षका छोरा पक्राउ

चोरी आरोपमा कपिलवस्तुुको जोलाहीका वडाअध्यक्षका छोरा पक्राउ


कपिलवस्तु– चोरी आरोपमा विजयनगर गाउँपालिका वडा नं ४ जोलाहीका सतिस कंडेल पक्राउ परेका छन । गत बैशाख १७ गते शिवराज नगरपालिका २ बालापुुर (हेल्लोडिहा) का सुन्दर लामिछानेको घरमा चोरी गरी फरार रहेका बर्ष २४ बर्षका सतिस कडेल पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय गणेशपुुरले लुुकिछिपी बस्दै आएका कडेललाई असार ३ गते गाँउबाट पक्राउ गरेको थियो । गणेशपुर प्रहरी कार्यालयले कडेललाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटालाई बुुझाएको थियो । पक्राउ परेका कडेललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुुसान्धानको लागि थुुनामा राखीएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

पक्राउ परेका सतिष कडेल विजयनगर गाँउपालिका वडा नं न ४ का अध्यक्ष तिलक कंडेलका छोरा हुन ।

लामिछानेको घरबाट कडेलले तिनवाट दराज तोडफोड गरी नगद रु ५० हजार, सुन १ तोला चोरि गरेको पिडित सुन्दर लामिछानेले बताउनुु भयो । पक्राउ परेका कडेंल माथि अनुुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । न्युज सेन्टरले समाचार प्रकासित गरेको छ । 

अन्य समाचारहरु