गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको   निधन


पाल्पा — गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको बिहीबार निधन भएको छ । ७४ वर्षीय थापाको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । 


स्थानीय सञ्चारकर्मी रामकृष्ण कँडेलका अनुसार अध्यक्ष थापा बिरामी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए । थापाले ब्लड क्यान्सरको उपचार गराइरहेका थिए । 

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गुल्मीदरबार गाउँपालिकामा निर्वाचित भएका थिए । उनी नेपाली गुल्मीका क्षेत्रीय सभापतिसमेत हुन् । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु