नेपाली समाज चिलीले प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापनपत्र बुझायो, दुत नियुक्त गर्न माग (फोटो सहित)

नेपाली समाज चिलीले प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापनपत्र बुझायो, दुत नियुक्त गर्न माग (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम) ।  नेपाली समाज चिलीले नव नियुक्त प्रधानमन्त्री शेर वहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।


नेपाली समाज चिलीले वालुवाटारमा देउवालाई वधाई ज्ञापन बुझाउदै दुत नियुक्त गर्न माग गरेको हो । 


नेपाली समाज चिलीका संस्थापक डिल्लीराज घिमिरेले चिलीमा नेपाली नियोग नहुँदा नेपालीलाई परेको समस्या वारे अभगत गराएपछि परराष्ट्र मन्त्रालय मार्फ़त दुत नियुक्त वारे आवश्यक प्रकिया अगाड़ी वढाउने वारे प्रधानमन्त्रीले आस्वासन दिनु भएको छ ।


नेपाली समाज चीलीको संस्थापक डिल्लीराज घिमिरे “डिआरजी सुमन” नेतृत्वमा वालुवाटार पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सचिवालय वालुवाटारमै पुगी समस्या अभगत गराएको थियो । प्रधानमन्त्री सचिवालयमा पुग्नेहरुमा अर्घाखाँची डटकम संसदीय मामिला सम्बन्धी वरिष्ठ संवाददाता कर्णजंग रायामाझी, न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स प्राली लुधियाना का एमडी वावुराम  घिमिरे , समाजसेवी सिवदेव पाण्डे लगायतको प्रतिनिधि मण्डल थियो । चिलीमा आधिकारिक कुटनितीक नियोग वा दुत नियुक्ति केन्द्रीत एक औपचारिक भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवा चिलीमा रहेका नेपालीको समस्या समाधान तर्फ सकरात्मक रहेको डिआरजी सुमन ले जानकारी गराउदै नेपाली समाज चिली को तेस्रो अधिवेशन सकिएको लगत्तै थप प्रक्रिया अगाडी वढ्ने वताउनु भएको छ ।

अन्य समाचारहरु