शितगंगा नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त श्रेष्ठ चयन

शितगंगा नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त श्रेष्ठ चयन


सचिन बोहोरा 

ठाडा, अर्घाखाँची । नेकपा एमाले शितगंगाको प्रथम अधिवेशन सम्पन्न भएको छ । 


अधिवेसनले बशन्त श्रेष्ठको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसहमतमा गठन भएको छ । नेकपा एमालेको अध्यक्षमा बशन्त श्रेष्ठ , उपाध्यक्षमा संजय राना सचिवमा ऋषि घिमिरे, सह सचिवमा शिबकला बिक र धनु गाहा सर्वसहमतमा चयन गरिएको हो । अध्यक्षमा एकल उमेदवारी परेको थियो यस्तै सचिवमा दुर्गा बिसी र ऋषि घिमिरेको उमेदवारी परेकोमा बिसीले घिमिरेलाई समर्थन गरेका थिए ।


यस्तै उपाध्यक्षमा बिक्रम बेल्बासे र संजय रानाको उमेदवारी परेको थियो । बिक्रम बेल्बासेले रानालाई समर्थन गरे पनि निर्विरोध उपाध्यक्षमा चयन भएका छन । यस्तै उप सचिवमा शिबकला बिक , हरि खनाल र धनु गाहाको उमेदवारी परेकोमा युवा संघका सचिव खनालले उमेदवारी फिर्ता लिए पछि बिक र गाहा सह सचिवमा निवाचित भएका छन । यस्तै नगर सदस्यहरुमा हरेक वडा बाट ५ ÷५ जना रहने गरि सर्वसहमतमा नेत्तृत्व चयन गरिएको छ ।


अधिबेसनको लागि बिभिन्न उपसमिति हरु बनाएर जिम्मेवारी तोकिएको थियो । शितगंगा नगरपालिकाको १४ वडा अबिधेसन सम्पन भइ २५२ नगर प्रतिनिधी चयन भएर नगर अबिधेसनमा सहभागि भएका थिए । कार्यक्रममा नगर सचिव ऋषि घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश सदस्य रामजी घिमिरेले नयाँ नेत्तृत्व पाटीको लागि मात्र नभएर सिंगो स्थानिय तहको निर्वाचनमा जित निकाल्ले गरी काम गर्नु पर्नेमा जोड दिनु भयो । 

नेकपा एमालेको जनमतमा कुनै असर नपरेकोले पुन पाटीले पहिलो स्थान ल्याउने गरि जनमत प्राप्त गर्ने भएकोले पनि नवगठित समितीले आफ्ना एजेण्डा जनता सामुलान पछि पर्ने समय नभएको बताउनु भयो । कार्यक्रममा नगर इञ्चार्ज ओपि पाण्डे, क्षेत्रिय अध्यक्ष कासी आर्चाय अनेम संघ नगर अध्यक्ष गिता भाट लगायतका शुभकामना ब्यत गरेका थिए कार्यक्रम ऋषि घिमिरेको सञ्चालन र देबिराम घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु