भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा अब पदमुक्त हुने

भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा अब पदमुक्त हुने


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा अब पदमुक्त हुने भएका छन् । 


नेकपा माओवादी केन्द्रको सिफारीसमा २०७४ सालमा चुनाव जितेका थापा लगायतलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएसँगै पदमुक्त हुने भएका हुन् ।   

नेकपा माओवादी केन्द्रले आज दल त्याग गरेर नेकपा विभाजनपछि एमाले रोजेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको जानकारीमा गराएको थापाको नाम सहित जिल्लाबाट केही वडाअध्यक्ष, लगायतका जनप्रतिनिधिको नाम समावेश भएको छ । पदमुक्तबारे केही दिनमा निर्वाचन आयोगले जानकारी गराउने बताइएको छ ।

नेकपा एमालेमा लागेका भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा बाहेक जिल्ला समन्वय समिति उपप्रमुख ऋषि वहादुर पुलामी, भुमिकास्थान नगरपालिका वार्ड नं. ३ का अध्यक्ष बालकृष्ण बञ्जाडे, शितगंगा नगरपालिका वार्ड  नं ९ का अध्यक्ष भिम वहादुर खत्री क्षेत्री, मालारानी गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष नारायण अर्याल, सन्धिखर्क नगरपालिका वार्ड नं. ९ का सदस्य विष्णु प्रसाद आचार्य र मनकला दमाई, सितगंगा नगरपालिका वार्ड नं ९ का सदस्य खुम वहादुर लुईचे रहेका छन् ।  

सर्वेच्च अदालको फैसलापछि पुरानै अवस्थामा पार्टीका सम्पुर्ण गतिविधी भएको भन्दै नेकपा माओवादी केन्द्र अर्घाखाँचीले गत वैशाख २४ गते नेकपा माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार वि.क( किशोर)ले लिखित स्पष्टीकरण सोधेका थिए । 

२०७५ जेष्ठ ३मा नेकपा एमाले र माओवादी केन्द्र मिली बनेको नेकपा लाई २०७७ फागुन २३ मा अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा पुराएको थियो । 

यस अगाडि एमालेमा लागेका टोपबहादुर रायमाझीको सांसद पद र चन्द्रबहादुर खड्काको राष्ट्रिय सभा सदस्य पद गएको छ । भने  खड्का जेष्ठ १७ गते सोमवार सम्पन्न राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा पराजित भएका थिए ।  विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए । पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।

अन्य समाचारहरु