शितगंगाक‍ो सितापुरमा बँदेलको आक्रमणमा परि १ जना घाईते

शितगंगाक‍ो सितापुरमा बँदेलको आक्रमणमा परि १ जना घाईते

बिष्णु कुमार आले

सितापुर, अर्घाखाँची । जंगली जनावर बदेलको आक्रमणबाट अर्घाखाँचीमा एक जना घाईते भएका छन् । 

जिल्लाको शितगंगा २ सितापुर काउले निवासी ३६ बर्षिय दिपक परियार घाईते भएका हुन् । 


घर नजिकै बारिमा मकै रोपिरहेका बेला एक्कासी जंगली जनावर बँदेलले आक्रमण गरेक‍ो थियो । 

जंगल नजिकै वस्ती रहेकाले जंगलबाट बदेल आएर आक्रमण गरेको बताईएको छ । परियारको बायाँ खुट्टामा बँदेलले टोकेर घाईते बनाएको छ । एक्कासी बँदेलले आक्रमण गरेपछी बँदेल र परियार बिच केहि समय लडाई भएको थियो । परियार चिच्चाए पछि गाँउलेले थाहापाएर बदेल धपाएका थिए । घाईते परियारको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । 

पछिल्लो समय अर्घाखाँचीको बिभिन्न ठाँउमा जंगली जनावर बँदेलले आतंक मच्चाएको छ ।

अन्य समाचारहरु