चुत्राबेसीमा मृत फेला परेका मानिस पहिचान खुल्यो | अत्याधिक मदिरा सेवन, चिसोमा पल्टिदा कठाङग्रिएर मृत्यु

चुत्राबेसीमा मृत फेला  परेका मानिस पहिचान खुल्यो | अत्याधिक मदिरा सेवन, चिसोमा पल्टिदा कठाङग्रिएर मृत्यु


लक्ष्मण घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर–२, चुत्राबेसीको हाइस काउन्टर नजिक एक जनाको शव फेला परेको छ ।

चुत्राबेसीको हाइस काउन्टर नजिक सन्धिखर्क–९, अर्घाका ४१ वर्षिय बलबहादुर रायमाझीको शव फेला परेको हो । अचेत अवस्थामा फेला परेका रायमाझीको प्रहरीले उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

रायमाझीले अत्याधिक मदिरा सेवन गरेको पाईएको र चिसोमा पल्टिदा कठाङग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको छ भने घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

अन्य समाचारहरु