छत्रगंजमा निजामती सेवा दिवस-२०७८ विभिन्न कार्यक्रम गरी मनाइयो (तस्बिरहरु)

छत्रगंजमा निजामती सेवा दिवस-२०७८ विभिन्न कार्यक्रम गरी मनाइयो (तस्बिरहरु)

ç

अस्लम अली

छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा   निजामती सेवा दिवस २०७८ काे अबसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 


छत्रगंजमा रहेको छत्रदेवालय मन्दिर परीसरमा  छत्रदेब गाउँपालिकाका राष्ट्र सेबक कर्मचारीले  वर, पिपल,स्वामी लगायतका बिरुवा  वृक्षारोपण गर्नुका गरिएको हो । 


यस्तै सो अवसरमा नेपाल सरकारद्वारा  निजामती सेवा पुरस्कारबाट सम्मानित हुनु भएका छत्रदेब गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेष राज पन्तलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  लेखनाथ  पाेख्रेल र उपाध्यक्ष तुल्सा देबी श्रेष्ठले दाेसल्ला ओढाई  सम्मान पत्र प्रदान   गर्नु भएको थियाे। 


साथै सो अवसरमा  सेवा निबृत्त राष्ट्र सेबक रामबाहादुर रायमाझी र दुर्गा श्रेष्ठलाई पनि सम्मान  पत्र र दाेसल्ला प्रदान गरी  सम्मान गरिएको थियो । 

अन्य समाचारहरु