अर्घाखाँची अस्पतालमा १५ थान अक्सिजन जोडिए, अब भेण्टलेटरको सुविधा

अर्घाखाँची अस्पतालमा १५ थान अक्सिजन जोडिए, अब भेण्टलेटरको सुविधा


अशोक खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाईएको छ ।


कोभिड-१९ महामारी बिच अस्पतालमा दुई वटा भ्यान्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ ।


जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र १५ थान ब्याकफ्मा राखिएको अस्पतालका मेसु डा. कपिल गौतमले जानकारी दिए ।

थपिएका सेवा बुधबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको डा.गौतमले बताए ।

अन्य समाचारहरु