आज देशभर करिब ३ लाखले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाए

आज देशभर करिब ३ लाखले  कोरोना सङ्क्रमणविरुद्धको खोप लगाए


कल्पना दाहाल गोरखापत्र 

काठमाडौँ । आज देशभर २ लाख ९९ हजार १ सय ३१ जनालाई कोरोना सङ्क्रमण विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गत माघदेखि अहिलेसम्म ५४ लाख १५ हजार ४ सय २७ जनाले कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

नेपालमा १ करोड १४ लाख १९ हजार ४ सय ४६ मात्रा खोप प्रयोग भइसकेको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 

अन्य समाचारहरु