अहं त्यो पर्दैन (कविता)

अहं त्यो पर्दैन (कविता)


तारा प्रसाद फुल्लेल अर्घाखाँची
हाल काठमाडौ

त्यो पर्दैन,....
अक्सिजनको जोहो,
आईसियु र भेन्टिलेटरको व्यवस्थापन !
कोभिड विरूद्धको भ्याक्सिन,
जनताको जीवन रक्षा र महासंकटमा ख्याल,
अहँ त्यति विधी ध्यान,
पुर्याउन पर्दैन !
थुने पुग्छ नागरिकलाई बन्द कोठामा,
मन लागे सम्म,सत्ताको प्रपंच जव सम्म मिल्दैन,
तव सम्म !
योजना बनाई देश चलाउन हतार गर्नै पर्दैन,
गरिव ले मुखमा माड लगाओस नलगाओस ध्यान,
दिने चेष्टा नगरे नि पुग्छ,
ज्यालादारी मजदुर भोकभोकै सुते पनि सुतोस,
चिन्ता गर्ने काम अहँ गर्नै पर्दैन !
महामारीको नाममा मन्त्र जपे पुग्छ,
सिंको भाच्ने काम,नगरे नि हुन्छ !
बर्दि लगाए पछि अक्सिजनमा हस्तक्षेप ,
गरे पनि हुन्छ !
आर्यघाटमा दाउरा अभाव ,
संस्कार अनुसारको दाह संस्कार,
पनि त यस्तै भो !
कसले नियाल्ने,
सिंहदरवारमा न त घाट छ, न त देखिन्छ मानवता,
छटपटिरहेछन जनता यता र उता !
जावो त्यस्तोमा ध्यान,
किन पुर्याउनु पर्यो र !
केवल सत्ता जोड घटाउ गर्दै ,
ऐस आराम गरे मात्रै पुग्छ ,
कसको के ताकत हामिलाई हल्लाउने ,
पेवा हो यो देश,दास सरी हुन जनता,
हैकम चलाए मात्र पुग्छ !
बरू चिन्ता छ,
WHO लाई नेपालीको,
रोग बाट मुक्ति कसरी दिलाउने,
भ्याक्सिनको व्यवस्था कसरी मिलाउने,
नागरीकको ज्यान कसरी बचाउने,
मानवीयता देखाउन तल्लिन,
विदेशी हरू कम्मर कसिँरहेका छन,
कठै,हाम्रा त ,
महलमा बसिरहेका छन,
सत्ता लिप्सामा भौंतारिएर,
नाचिरहेका छन र भनिररहेका छन...
अहं, त्यो गर्नै ..पर्दैन !!