सन्धिखर्कका विधालय प्रधानाध्यापकहरुको बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिरहरु)

सन्धिखर्कका विधालय प्रधानाध्यापकहरुको बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिरहरु)


सुर्य भुसाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्र रहेका विभिन्न विधालयका  प्रधानाध्यापकहरुको बैठक तथा बिजया दशमी को शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको बताईएको छ  । 


कार्यक्रम  नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल शाखा अधिकृत मन्जु खनाल शिक्षा अधिकृत मन्जु आचार्य पत्रकार महासघका अध्यक्ष असोक खनाल लगाएतले शुभकामना मन्तब्य राख्दै गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ नगरपालिका भित्र रहेका बिधालयहरुको अबस्था  आगामी रणनीति शिक्षक अभिभावक ब्यबस्थापन समितिका पदाधिकारी ले खेल्नु पर्ने भुमिका नगरपालिका बाट दिने सेवा सुबिधा अनुगमन निरिक्षण लगाएतका बिषयमा जनप्रतिनिधि कर्मचारी प्रअहरु बिच छलफल भएको थियोे  । 


यस्तै बैठक तथा छलफलमा  विजय दशमी र शुभ दिपावलीको  अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हाम्रा समचार दाताले जानकारी गराएका छन् ।

अन्य समाचारहरु