जलुकेको सातमारामा अवैध लागूऔषध चरेश सहित २ जना प्रकाउ

जलुकेको सातमारामा अवैध लागूऔषध चरेश सहित २ जना प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता

 जलुके,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको सातमारामा अवैध लागूऔषध चरेश सहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 

जलुकेको सातमारामा करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका-१ पुलचोक बस्ने ४३ वर्षीय बिर बहादुर खत्री र सोही ठाउँ बस्ने ३७ वर्षीय मनोज थापा रहेका छन् । 

ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित पक्राउ गरेको थियो ।

अन्य समाचारहरु