नुवाकोटको लम्चीमा खुला क्रीकेट प्रतियोगिता हुने

नुवाकोटको लम्चीमा खुला क्रीकेट प्रतियोगिता हुने

सागर मरासिनी | अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिका ८ नुवाकोटको लम्चीमा खुला क्रीकेट प्रतियोगिता हुने भएको छ ।  

परिवर्तनशिल युवा क्लबको आयोजनामा नुवाकोटको लम्ची राता पोखरामा जेठ १३ गते शुक्रबार खुला क्रीकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २२,२२२/- ट्रफी, मेडल प्रमाणपत्र र द्धितिय पुरस्कार नगद रु ११,१११/- ट्रफी, मेडल, प्रमाणपत्र रहेको छ ।    

टिम दर्ता जेठ १३ गतेसम्म गर्न सकिनेछ । दर्ता शुल्क रु २२००- लाग्ने छ ।  

अन्य समाचारहरु