अर्घाखाँचीमा आज शुक्रबार १२ जनाले कोरोना जिते, ३१ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज शुक्रबार १२ जनाले कोरोना जिते, ३१ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ३१  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३४८  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८० जना, भूमिकास्थान नगरपालिकामा ६६,       शितगंगा नगरपालिकामा २०,   मालारानी गाउँपालिकामा ४९,      पाणिनी गाउँपालिकामा ३१            र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३०१३  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३०८  जना, भूमिकास्थान नगरपालिकामा ५५६ जना,     शितगंगा नगरपालिकामा ३४९ जना,       मालारानी गाउँपालिकामा २९२  जना,  पाणिनी गाउँपालिकामा २५३   जना  र छत्रदेव गाउँपालिकामा २५५  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा १२ जनाले कोरोना जितेका छन् । साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २५९६ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११०८ जना, भूमिकास्थान नगरपालिकामा ४७५ जना,  शितगंगा नगरपालिकामा ३१७ जना,   मालारानी गाउँपालिकामा २३२ जना,    पाणिनी गाउँपालिकामा २१४ जना   र छत्रदेव गाउँपालिकामा २५०  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

शुक्रबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु