प्युठानको माण्डबीमा बाढीले बगाएर एक जनाको मृत्यु, २ जना बेपत्ता

प्युठानको माण्डबीमा बाढीले बगाएर एक जनाको मृत्यु, २ जना बेपत्ता

प्युठान । प्युठानमा लगातरको अबिरल बर्षाका कारण बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।

प्युठानको माण्डबी गाउँपालिका ४ आँपचौर निवासी २८ बर्षिया देविसरा कार्किको बाढिले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए ।

Workplace
गैरेका अनुसार मृतक देबिसरा कार्किका २ बर्षिय छोरा दिनेश कार्की र स्थानिय मधु अधिकारिकी ८ बर्षिय छोरी अनुस्का अधिकारी बेपत्ता भएका हुन ।

देविसराको शव माण्डवि गाउँपालिका २ ढिकावानमा फेला परेको छ  भने खोलामा बेपत्ता दुई जनाको सुरक्षाकर्मि र स्थानीय मिलेर खोजिकार्य गरिरहेकाकाे निरिक्षक गैरेले बताए।

प्रहरिका अनुसार उनिहरूलाइ अस्पताल जाने क्रममा बुधबार बिहान साठे आठ बजे तिर खोलाले बगाएको थियाे । रासस 

अन्य समाचारहरु