शितगंगा नगरपालिकाको ठाडामा बन्ने भवनको शिलन्यास कार्यक्रम सम्पन्न

शितगंगा नगरपालिकाको ठाडामा बन्ने भवनको  शिलन्यास कार्यक्रम सम्पन्न

अर्जुन बेल्बासे 

ठाडा, अर्घाखाँची  बैशाख २७ गते । क्षेत्रफलको हिसावले देसकै ठुलो नगरपालिका शितगंगा नगरपालिकाको ठाडा भवनको एक कार्यक्रमका बिच शिलन्यास भएको छ ।


भवन शिलन्यासको लागि शुभ साइत पारेर अर्घाखाँचीको शितगंगा नगरपालिका - ३ ठाडा साउटोलामा केहि समय पहिले नै नगरपालीकाको भवन निर्माण गर्न जग्गा धनिहरुले१३ रोपनी निशुल्क जग्गा दान गरेका थिए ।सोहि ठाउँमा नव निर्मित भवन नगरप्रमुख सुर्य प्रसाद अधिकारीले शिलन्यास गरेका हुन् ।


भवन निर्माणको शिलन्यास काक्रममा नगर प्रमुख अधिकारीले भने निर्माण सम्झौता गरी भवन निर्माणको अगाडि बढिसकेको छ अव कार्य योजनाबद्द रुपमा अगाडि बढ्ने बताए । नगरपालिकाले नगरको विकास र समृद्धिको लागि पुर्वाधार निर्माणका कार्यहरु तिव्र रुपमा सञ्चालन गरेको बताए ।उनले सरकारी संरचना निमार्णको लागी जग्गा दान गर्ने जग्गा दाताहरु धन्यवाद व्यक्त गरेका थिए ।


पिटिआर कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले ४करोड, १४लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए । बहु वर्षिय निर्माण संझौता भएको छ कोरोना भाइरस कोभिड १९ को संक्रमण र देश बन्दाबन्दीले कुनै समस्या नआए भवन निर्माण कार्य संझौता अवधि भित्रै सम्पन्न गरीने लक्ष्य रहेको प्रमुख प्रसासकिय अधिकृत गौतमले बताए।


कार्यक्रममा नगर उपप्रमुख टिका रेस्मी, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

अन्य समाचारहरु