कुरुप बन्दै सन्धिखर्क

कुरुप बन्दै सन्धिखर्क


माधब भुसाल 
धरमपानी गच्छेगैरा, अर्घा 
 
अर्घाखाँची जिल्लाको सन्धिखर्क  नगरपालिका एवम  जिल्लाको सदरमुकाम सन्धिखर्क बाँगी खोला, भद्री खोला र घोचे खोलाको किनारमा रहेको सुन्दर सहर यतिबेला जता ततै फोहोर र धुल्लामे रहेको छ  । 


स्थानीय सरकार बन्यो जनतालाई सपना बाडियो तर मानवीय स्वास्थ्यको विसय फोहोरको उचित ब्यव्स्थापन गर्न उचित ध्यान स्थानिय सरकारको देखियन केबल महङा सपना बाड्ने सुन्दर नगरीलाई कुरुप बनाउने काम मात्र भयो ।  नदीहरु फोहोर फाल्ने केन्द्र  भए हाम्रो मा त फोहोर गर्ने अनि तेहि फोहोर सफाई गर्ने अभियान चलाउने, समय नस्ट गर्ने सामाजिक सन्जालमा देखाउने सरसफाई अभियान चलाउने संस्कृति मौलायो । 

आपनो घरबाट सिर्जित फोहोर आफुखुसी नदीमा फ्याकिएको छ । सार्वजनिकस्थलमै जता ततै फोहोर फ्याकिएको छ नागरिक पनि जिम्मेवारी हुनु पर्ने हो आफ्नो ठाउँ आफै सफा गर्ने त्यो पनि देखिएन् ।  जिम्मेवार निकायमा बसेका पदाधिकारिबाट पनि कुनै त्यस्तो ठोस कदम चालेको देखिएन् ।  सरसफाई जस्तो मानविय स्वास्थ्यको जस्तो संबेदनसिल विसयपर्ती ध्यान गएन ध्यान गयो त केबल भिउ टावर जस्ता कुरामा  जताततै प्राकृतिकले नै दिएका अग्ला  अग्ला पहाड र डाँडा  दिएको  अव्स्थामा भ्यू टावरको के अर्थ जुन फजुल खर्च मात्र हो यस्तै यस्तै कुरामा ध्यान जान्छ । खर्च गर्दा आवस्यकतालाई पनि प्राथमिकताको आधारमा खर्च गरौ । समृद्धिको नारा , मुलुकलाइ सिङापुर बनाउछौ , पर्यटन बिकास गर्छै भन्दै चुनाबी नारा लगाएको पनि ५ वर्ष हुनु लागेयो अब फेरि पनि त्यही नारा बोकेर जनतामा जाने दिन आए जन्तालाई  अनुभूति हुने गरि काम गरौ । 


ठूलो कामको सुरुवात सानो कामबाट शुरु हुन्छ ।  सरसफाईको नारा मात्र लगाएर  हुँदैन काम गर्नु पर्छ स्वेदेश बिदेश जहाँबाट पनि मानिस  नगरमा पर्बेश गरेपछी देखिने कुरा हो सरसफाई उनिहरुले के सन्देश लिएर जान्छ्न होला हाम्रो पहिचान के त ।  यो कुरा स्वास्थ्यसँग सम्बन्धित कुरा भएकोले गर्दापनि यस्ता कुरामा किन ढिला गर्ने सुन्दर नगरी निर्माण गर्नको लागि हामी आम नागरिक स्थानिय सरकार सबै जिम्मेवार छौ । 
 
हामी जागै र स्व्च्छ सुन्दर नगरी निर्माणमा जुटौ ।  एकाथरिले फोहोर फाल्ने अर्को थरिले सफा गर्ने होइनकि उचित ठाउँमा ब्यब्स्थापन गरौ र फोहोरको मुल पहिचान गरि ठोस कदम चालौ । अबको समय भाषणको होइन कामको हो ।  

लेखक : कालिका नेपाल राष्ट्रिय माध्यमिक विधालय मालारानीका  शिक्षक माधब भुसाल हुन् । 

अन्य समाचारहरु