जुकेनाकी एक ३९ वर्षिया महिलाको कोरोना संक्रमणका कारण निधन

जुकेनाकी एक ३९ वर्षिया महिलाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नं ६ जुकेनाकी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

जुकेना

जुकेनाकी ३९ वर्षिया महिलाको कोरोना संक्रमणका कारण आज मंगलवार निधन भएको हो । भुमिकास्थन नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडामा माईती घर रहेकी उनको युनिभर्सल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भैरहवामा निधन भएको थियो । 

थप उपचारको लागि भैरहवामा लगिएकी उनिलाई  निमोनियाका साथै श्वास-प्रस्वासमा समस्या थियो ।    

यस्तै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १३,  पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

मंगलवार जिल्लाको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु