टीकापुरमा ५२ वर्षीय बृद्धले १३ वर्षीया नातिनीलाई गर्भवती बनाए

टीकापुर नगरपालिका वडा नं. १ का  ५२ वर्षीय मानबहादुर थारुले १३ वर्षीया नातिनीलाई गर्भवती बनाएका छन् । उनले घरमा कोही नभएको मौकामा नातिनीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ । 

बालिकाको शारीरिक बनावटमा परिवर्तन आएपछि जााच गर्दा गर्भवती रहेको खुल्न आएको थियो । 

बालिकाका आमाबुवा मजदुरीको लागि काडमाडौमा बस्ने गर्छन् । बृद्धले नातिनीलाई एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

थारुले घटनाबारे कसैलाई भने पिट्ने धम्की दिएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । प्रहरी निरीक्षक पुष्कर चन्दले थारुलाई हिरासतमा राखी मुद्दा प्रक्रिया अघि बढाइएको जानकारी दिए । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु