ढाकावाङका १५८ जना गर्भवती महिलालाई पौष्टिक आहार वितरण

ढाकावाङका १५८ जना गर्भवती महिलालाई पौष्टिक आहार वितरण


टेकराज भुसाल

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गका १५८ जना गर्भवती महिलाहरुलाई अण्डा, चना, आयोडिन युक्त नुन र सर्वाेत्तम पिठो  बितरण गरिएको छ । 


ढाकावाङ्ग स्वास्थ्य चाैकिकाे आयोजना र भूमिकास्थान नगरपालिकाकाे आ.ब. २०७७/७८ काे बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तरगत  १००० दिनका  १५८ जना गर्भवती  महिलाहरुलाई  बितरण गरिएको हो । 


  महिलाहरुबाट जन्मने बच्चाको शारिरीक, मानसिक र बौद्धिक बिकास र जन्मने बच्चाको जिवन सुरक्षित होस भन्ने उदेश्यले अण्डा तथा अन्य पाैष्टिक आहारहरु बितरण गरिएको हो । 


कार्यक्रममा सहभागि गर्भवती महिलाहरुले पाैष्टिक आहार  पाए पछि खुसी भएका थिए । बिहीबार र शुक्रबार गरि २ दिन वितरण गरिएको ढाकावाङ्ग स्वास्थ्य चाैकिका इन्चार्ज मञ्जु खनालले जानकारी दिनुभएको छ।

अन्य समाचारहरु