एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुन: निर्वाचित

एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुन: निर्वाचित

नेकपा एमालेको चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा फराकिलो मतले विजय भएका छन् । 

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली निर्वाचित भएका हुन् ।

ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३ मत प्राप्त गरेको  निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

अन्य समाचारहरु