अर्घाखाँचीमा स्थानिय निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाई कार्यक्रम सम्पन्न

अर्घाखाँचीमा स्थानिय निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाई कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा स्थानिय निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । 


स्थानिय निर्वाचन २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन कार्यमा चैत्र २८ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट म्यादी प्रहरीको नियुक्ती लिई यस कार्यालयका वडा एरियाहरुमा सुरक्षाका लागी ईमान्दारी तथा अनुशासित पुर्वक खटी निर्वाचन कार्यलाई स्वतन्त्र ,निस्पक्ष, भयरहित तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गरिएको हो । 


बिदाई कार्यक्रममा म्यादी प्रहरीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री, सिनियर प्रहरी अधिकृत लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा  प्रमाण-पत्र वितरण तथा बिदाई गरिएको थियो । 

अन्य समाचारहरु