छत्रदेव गाउँपालिकामा दोस्रो संस्करणको छत्रदेव प्रीमियर लिग शुरु

छत्रदेव गाउँपालिकामा दोस्रो संस्करणको छत्रदेव प्रीमियर लिग शुरु


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा दोस्रो संस्करणको छत्रदेव प्रीमियर लिग शुरु भएको छ ।


छत्रदेव क्रिकेट विकास समितिको आयोजनामा आईतबारबाट दोस्रो संस्करणको छत्रदेव प्रीमियर लिग शुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन पालिका अध्यक्ष, जिल्ला क्रीकेट संघ अध्यक्ष, पालिका सामाजिक विकास संयोजक लगायतको उपस्थितिमा सामान्य औपचारिक कार्यक्रम सहित प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

त्यस्तै प्रतियोगिताको सुरुवातमा एनसीएसएस अर्घाखाँची र छत्रदेव ए बिच मैत्रीपूर्ण खेल भएको थियो उक्त खेलमा छत्रदेव ए विजयी भएको थियो भने प्रतियोगिता अन्तरगतको पहिलो खेलमा चिदिकालाइ कालिकाले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि साविक विजेता तथा उपविजेता टिम ठुलापोखरा र भगवती भिड्नेछन् । 

अन्य समाचारहरु