धारापानीको श्री शान्ती माविमा डिजिटल साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धारापानीको श्री शान्ती माविमा डिजिटल साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


अजय के.सी 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको धारापानीमा रहेको श्री शान्ती मा. वि. मा डिजिटल साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. धारापानी शाखाको आयोजनामा श्री शान्ती मा. वि. धारापानीमा सञ्चालित डिजिटल साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 


अन्तरक्रिया कार्यक्रम बैंकका क्षेत्रिय प्रवन्धक अन्जली के.सी.को विषेश आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकको बारेमा सम्पुर्ण जानाकारी ,बैंकिङ्ग कारोबार लगायत को बारेमा जानकारी गराइएको थियो । 


साथै उक्त प्रशिक्षणले विद्यार्थीहरूको आगामी दिनहरूमा डिजिटल बैंकिङ्ग मार्फत उनीहरूको सम्पुर्ण आर्थिक कारोवारलाई सहज बनाउनुका साथै उक्त कार्यक्रमबाट डिजिटल बैंकिङको प्रयोगले व्यक्तिको जिवनमा प्रयोगात्मक परिवर्तन ल्याउदछ भन्ने विश्वास  लिएको बैंकले जनाएको छ । 

अन्य समाचारहरु