बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिन: नयाँ नेतृत्व चयन गर्दै

बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिन: नयाँ नेतृत्व चयन गर्दै

बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनकाे तेस्राे दिनसम्म  बन्दसत्र जारी छ।

नयाँ नेतृत्व चयन गर्दै आज राष्ट्रिय जनमाेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न हुने जनमाेर्चाले जनाएको छ। हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हाे।

सम्मेलनबाट  राजनीतिक, सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएकाे छ भन्ने आर्थिक प्रतिवेदन पास हुन बाँकी रहेकाे राष्ट्रिय जनमाेर्चाकाे सचिवालयले जनाएको छ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियाे। सदस्यहरूमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन्।

त्यस्तै, महासचिव जनकराज शर्माको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हाे। 

सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन्।

‘भ्रष्टाचार व्यापक रूपले मौलाएको छ। माफियाहरूको चलखेल बढेको छ। गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटना बढेका छन्। राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षेप बढ्दो छ,’ राष्ट्रिय जनमोर्चाले भनेको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु