लायन्स क्लब अफ बुटवल बेलवास सिटीको पद हस्तान्तरण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल बेलवास सिटीको पद हस्तान्तरण र प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

माधव खनाल 

बुटवल ।    लायन्स क्लब अफ बुटवल बेलवास सिटीले एक कार्यक्रमका बिच पद हस्तान्तरण र  प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

लायन वर्ष २०२१/२२ को लागि अध्यक्ष लायन गोविन्द खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि 325B2 नेपालका second vice गभर्नर   लायन नवराज न्यैपाने , बिशिस्ट अतिथि डिस्टिक चिफ एडभाइजर लायन उमङ्ग देवकोटा , अतिथिहरुमा डिष्टिक चिफ लायन दिपक कुमार श्रेष्ठ ,एरिया चिफ जीवन गौतम एक्टेन्सन चियर पर्सन राज के सी , संस्थापक अध्यक्ष शिवलाल उपाध्याय आइ पि पि उमलाल बन्जाडे मन्तव्य राख्नुभएको थियो भने   प्रथम उपाध्यक्ष डि वि खत्रीले स्वागत मन्तव्य राख्दै क्लवको इतिहासको बारेमा बताउनु भएको थियो ।

मन्तव्यको क्रममा अतिथिहरुले अध्यक्ष गोविन्द खनाल लगायत विभिन्न पदमा पदोन्नति हुनुभएका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । क्लबले अस्पताल निर्माणको लागि जग्गा प्राप्त गरिसके    पश्चात् उक्त जग्गामा क्लबले तार र पोल गाडेर संरक्षण गरि भोग चलन पनि गरिसकेको अवस्थालाई प्रत्यक्ष अवलोकन गरि जग्गा व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम बस्याललाई विशेष सम्मान प्रकट गर्दै सम्पूर्ण टिमलाई धन्यवाद दिदै निर्माणको लागि अार्थिक, नैतिक र भौतिक सहयोग  गर्न तयार रहेको कुरा मन्तव्यको क्रममा प्रमुख अतिथि लायन नवराज न्यौपानेले  बताउनु भएको थियो । 

प्रमुख अतिथि तथा अन्य अतिथिको हातबाट नयाँ सदस्य, स्पोन्सर र यन एल एफ पिन प्रमाण पत्र वितरण गरिएको थियो । वर्ष २०२१/२२ अध्यक्ष लायन गोविन्द खनालले अाफ्नो कार्यकाललाई उदेश्यमूलक र उत्साहमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने सो कार्यक्रम क्लबका सचिव लायन एल बि गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु