हंसपुरको रतनमारेमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न (तस्बिरहरु)

हंसपुरको रतनमारेमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं.६ हंसपुरको रतनमारेमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 


हंसपुरको रतनमारेमा शनिबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 


सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्र.नि गणेश खनाल, मालारानी गाउपाँलिका वार्ड नं. ६ का वार्ड अध्यक्ष नारायण प्रसाद अर्याल, आमासमुह, विभिन्न प्रतिनिधिमुलक संध संस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिती रहेको थियो । 


 कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु