गजल:- सोचेको काम आट्न सकउ

सर्जक- एच.एल. गौतम 
 (अर्घाखाची) खनदह3

आशिष दीनुस ऑंमा-वुवा, सोचेको काम आट्न सकउ..!!
  भित्री पीड़ा लुकाएर,  सबैलाई खुसी वाट्न  सकउ..!!

    उच, निच,  धनी-गरीब, भन्नु पनी के रैछ र.......,
भेद-भावको पर्खाल भत्काई, सु:ख,दु:ख साट्न सकउ..!!

     छुट्टाउन नसकी केही, दोधारमा पर्दा मन.........,
  असत्यलाई पन्छाएर, सत्यतालाई छाट्न सकउ....!!

     घंमन्ड़ र अंहकारले, सिमा नाघ्न खोज्यो भने...,
 सच्चाईको तरवारले, अन्याए लाई  काट्न सकउ..!!

कहीले पनी निर्दोष माथी, आपत-विपत पर्यो भने...,
 ईन्द्रेणिको रूप लीई, बादल वनी फाट्न सकउ...!!

[[2"आशिष दीनुस ऑंमा-वुवा, सोचेको काम आट्न सकउ..!!
  भित्री पीड़ा लुकाएर,  सबैलाई खुसी वाट्न  सकउ...."2]]