सिन्धुपाल्चोकको हेलम्बुका बाढी पहिरो पीडितहरुलाई राजधानी युथ क्लबद्धारा राहत बितरण

सिन्धुपाल्चोकको हेलम्बुका बाढी पहिरो पीडितहरुलाई राजधानी युथ क्लबद्धारा राहत बितरण


दीपक भुसाल 

सिन्धुपाल्चोक । मनसुन सुरु सँगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका छन्  । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धु बासी, थुप्रै सामाजिक सङ्घ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेका छन् ।


यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत  खाध्यान्न सहित ५० परिवारलाई राहत बितरण गरेको क्लबका सन्स्थापक अध्यक्ष आशिष् खतिवडाले जानकारी दिएका छन । उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान, प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुको क्युल पुगेका थिए।

क्लबका संस्थापक सह-कोषाध्यक्ष  सनम डागीका अनुसार उक्त राहत बितरण कार्यक्रममा उपस्थित भएका पीडितहरु निकै खुशी रहेको जानकारी दिएका छन् । वडा न १ का वडा अध्यक्ष छिरिङ लामाका रोहबरमा राहत बितरण गरिएको थियो । आगामी दिनहरुमा पनि  दुख पिडामा परेका सम्पुर्णलाइ सहयोग गर्ने क्लबका संरक्षक रोम प्रधानले बताएका छन् ।

अन्य समाचारहरु