शितंगगा नगरपालिकाले एसइईका बिद्यार्थीहरुलाई रेडियो कक्षा सञ्चालन गर्ने

शितंगगा नगरपालिकाले  एसइईका बिद्यार्थीहरुलाई   रेडियो कक्षा सञ्चालन गर्ने


सचिन बोहोरा

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) वैशाख ३ । अर्घाखाँची जिल्लाको शितंगगा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई परिक्षाको तयारी अबस्थामा रहेका बिद्यार्थीहरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने भएको छ ।

आज प्रमुख प्रशासकिय अधिकृत अर्जुन गाैतमकाे अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले घरमा स्वअध्यनमा रहेका बिद्यार्थीहरुका लागि पर्न सक्ने अप्ठेरोलाई मध्येनजर गर्दै रेडियोबाट पठाउने ब्यवस्था गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी गराउनु भयो । नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्यम रेडियो शितगंगा बाट हरेक दिन अब रेडियो कक्षा सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ ।

शितगंगा नगरपालिकाको सहयोग तथा रेडियो शितगंगाको ब्यवस्थापन र प्राबिधिक सहयोगमा रेडियो टयुसन सुरु हुन लागेको प्रमुख प्रशासकिय अधिकृत गौतमले जानकारी दिनु भयो । यस बाट घरमा रहेका बिद्यार्थी प्रत्यक्षलाभांबित हुने नगरपालिकाको अपेक्षा रहेको छ । 

बिषय तथा बिषय शिक्षकहरुको ब्यवस्थापन शितगंथा नगरपालिकाको शिक्षा शाखाले गर्ने छ । कक्षा सञ्चालनको लागि नगरपालिकामा रहेका १२ वटा माबिका शिक्षक तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।

अन्य समाचारहरु