अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त


२०७८ वैशाख २१, मंगलवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश सभाका सदस्य चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् । 

 २०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा एमाले)बाट अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ सदस्यमा आचार्य विजयी भएका थिए । आचार्यले  नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका थिए । वाम गठबन्धनका उम्मेदवार आचार्यले २४,७५१ मत पाएका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका थिए । 

मन्त्री आचार्यको बारेमा:-

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ साविक अर्घा -  ३ को अधेरीमा वि.स २०२५ साल जेष्ठ २५ गते बुवा टिकाराम आचार्य र माता तारादेवी आचार्यका माइलो छोरा हुन् । बुवा स्व. टिकाराम नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका संस्थापक सदस्य थिए । साथै कानुनमा स्नातक तह पढेका आचार्य  भुमिगत राजनीति २०४० सालबाट शुरु भएको थियो । यस्तै २०४४ - २०६६ सालसम्म जिल्ला कमिटी सचिव, २०६६ - २०६९ सालसम्म अञ्चल कमिटी सचिवालय सदस्य थिए ।  र २०७० सालदेखि हालसम्म एमाले जिल्ला कमिटी अध्यक्ष रहेका छन् । साथै आचार्यका परिवारमा श्रीमती दिपा पन्थी आचार्य र छोरा डाक्टर सुबाष आचार्य र छोरी डाक्टर सुप्रभा आचार्य रहेका छन् । अर्घाखाँचीडट्कम




अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

अन्य समाचारहरु