ढिकुराकी क्यान्सर पीडित महिलाको उपचारका लागि आर्थिक समस्या, सहयोगको लागि अपिल

ढिकुराकी क्यान्सर पीडित महिलाको उपचारका लागि आर्थिक समस्या, सहयोगको लागि अपिल


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराकी क्यान्सर पीडित एक महिलाको उपचारका लागि आर्थिक समस्या परेको छ । 


ढिकुराकी कलेजोको क्यान्सर पीडित ४५ वर्षीया राधा भट्टराईलाई उपचारका लागि आर्थिक समस्या परेको हो ।

परिवारको आर्थिक स्रोत नहुँदा उनको उपचारमा कठिन भएको छ ।  

गत असोजदेखि भट्टराईको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । यसअघि उनको उपचार बुटवलमा भएको थियो ।

कोखामा देखिएको सामान्य पिलोको उपचार गराउने क्रममा भट्टराईलाई क्यान्सर भएको पुष्टि भएको थियो ।

सामान्य खेती किसानी गर्दै आएको भट्टराई निम्नमध्यम स्तरको परिवारलाई यो परिबन्दबाट जोगाउन आर्थिक सहयोगको खाँचो देखिएको छ ।

पीडित भट्टराईको जीवन जोगाउने पूण्यकाममा सरिक भई सहयोग गर्न चाहनुहुनेले उल्लेखित नम्बरमा फोन गर्न र बैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

साथै सहयोगको लागि 9867265437 मा छोरी लक्ष्मी भट्टराई पौडेल / 9847314679 मा बिष्णु प्रसाद भट्टराई (श्रीमान) लाई सम्पर्क गर्न सकिने छ । 

बैंक खाता: 
- 3050100028549010 (राष्ट्रिय बाणिज्य बैंक)
- बिष्णु प्रसाद भट्टराई (श्रीमान)

अन्य समाचारहरु