ढिकुरामा नयाँ जनप्रतिनिधीलाई स्वागत तथा पुरानालाई बिदाई कार्यक्रम सम्पन्न

ढिकुरामा नयाँ जनप्रतिनिधीलाई स्वागत तथा पुरानालाई बिदाई कार्यक्रम सम्पन्न

पारस भट्टराई 

ढिकुरा (अर्घाखाँची डट्कम) । भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरा मा २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचन बाट एमाले का उम्मेदवार हरु को प्यानल नै विजयी भएको छ। 


जिल्ला अदालत बाट मेयर र उपमेयर ले सपथग्रहण गरे पछि नगरपालिका का  १० ओटै बडा अध्यक्ष लाई मेयर उपमेयर ले सपथग्रहण गराए लगत्तै  नयाँ उम्मेदवार को कार्यकाल सुरु गर्न पुराना उम्मेदवार लाई बिदाई र नयाँ उम्मेदवार लाई स्वागत कार्यक्रम ढिकुरा मा सम्पन्न भएको छ।


नगरपालिका का नगर प्रमुख झविलाल थापा को प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रमको सञ्चालन बडा सचिव तुल्सिराम पोख्रेल ले गर्नुभएको थियो। उक्त कार्यक्रम मा बडा का नयाँ तथा पुराना उम्मेदवार हरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रम मा जनमोर्चा को तर्फ बाट नारायण घिमिरे, माओवादी  को तर्फ बाट मिना भट्टराई,कांग्रेस को तर्फ तारा घिमिरे र एमाले  को तर्फ बाट मोति भट्टराई ले मन्तब्य राख्नु भएको थियो।पुराना उम्मेदवारहरु बडा अध्यक्ष नारायण खनाल,बडा सदस्य कमला पराजुली, बडा सदस्य हुमकान्त पौडेल, बडा सदस्य देबि पोख्रेल, र बडा सदस्य संगिता परीयार लाई बडा को तर्फ बाट बिदाइ गरिएको छ।


यस्तै नयाँ उम्मेदवार हरु बडा अध्यक्ष खेमराज चुदालि, बडा सदस्य बाबुराम गैरे, सुरत सोमै, कमला परीयार, कल्पना पौडेल लाई बडा को तर्फ बाट सफल कार्यकालको शुभकामना दिदै बडा को तर्फ बाट स्वागत गरिएको छ।


उक्त कार्यक्रम मा  नयाँ तथा पुराना उम्मेदवार पार्टी का बिशेष ब्यक्ति हरु बडा का कर्मचारी बडा बासिन्दा हरु र अर्घाखाँची डट्कम का ढिकुरा संबाददाता पारस भट्टराई को उपस्थित रहेको छ।
ढिकुरामा नयाँ जनप्रतिनिधीलाई स्वागत तथा पुरानालाई बिदाई कार्यक्रम सम्पन्न

अन्य समाचारहरु