कतारमा निधन भएका बाँगीका खड्काको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

कतारमा निधन भएका बाँगीका खड्काको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण


सिद्धार्थ के.सी. | विनोद खड्का

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कतारमा निधन भएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको अल्सामारी कोखारका धन बहादुर खड्काको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।



कतारमा निधन भएका बाँगीको कोखारका धन बहादुर खड्काको परिवारलाई कतारमा रहेका बाँगीबासीले संकलन गरेको ९८ हजार २ सय ४० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।


बाँगीको कोखार निवासी धन बहादुर खड्काको हृदयघात भई उपचारको क्रममा दुई महिना पहिले कतारमा निधन भएको थियो । 

रोजगारीको सिलसिलामा कतार गएका बाँगी बासीको सहकार्यमा संकलित रकम मालारानी गाउँपालिका-५ का वार्ड अध्यक्ष शोभाखर भुसालले निजको श्रीमती बसन्ता खड्कालाई हस्तान्तरण गरेका थिए । 

मृतक खड्काको परिवारमा बुबा आमा श्रीमति र एक छोरा एक छोरी रहेका छन् । 

अन्य समाचारहरु