खाँचीकोटको फुदवाङमा साना किसानका अध्यक्ष कंडेलद्धारा जन्म दिनको अबसरमा बिउ पल बितरण

खाँचीकोटको फुदवाङमा साना किसानका अध्यक्ष कंडेलद्धारा जन्म दिनको अबसरमा बिउ पल बितरण


केशब घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कंडेलले जन्म दिनको अबसरमा बिभिन्न बिउ पल बितरण गरेका छन् । 


खाँचीकोटको फुदवाङमा बुधवार साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कंडेलले जन्म दिनको अबसरमा सेयर सदस्यलाई एक पाताका दरले मुला, गाजर, सिमि, साग, बोडी लगायतका बिभिन्न बिउ पल बितरण गरेका हुन् । 


कंडेलले आफुले आजसम्म साना किसान सहकारी संस्था लिमिटेडको बैठक भत्ताबाट पाएको रकमबाट बिउ पल बितरण गरेका हुन् । 


साथै उनले  सेयर सदस्यसँग शुभकामना आदानप्रदान गरेका थिए । यस्तै आज उपस्थित हुन नसकेका सेयर सदस्यलाई यो महिना भरि साना किसानबाट बिउपल बितरण गरिने पनि बताइएको छ । 

अन्य समाचारहरु