शितगंगा नगरपालिकाका विभिन्न वार्डमा हुरी तथा बर्षाबाट ठुलो क्षति

शितगंगा नगरपालिकाका विभिन्न वार्डमा  हुरी तथा बर्षाबाट ठुलो क्षति

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँचीडट्कम ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका विभिन्न वार्डमा हुरी तथा बर्षाले क्षति पुऱ्याको छ । हुरीले ९ वटा घरको छानो उडाउँदा २५ लाख भन्दा बढीको क्षति भएको जनाइएको छ। हावाहुरीले वडा नम्बर ४ चाक्लामा जिल्ला समन्वय समिति सदस्य समेत रहनु भएको बलेन्द्र विश्वकर्माको घरको छानो उडाउदा लाखौको क्षति भएको बलेन्द्र विश्वकर्माले जानकारी दिए ।


उडाएको घरको छानोले २ वटा मोटरसाइकल तथा एउटा जिपमा समेत क्षति पुगेको छ । यस्तै वडा नं. १३ कृतिपुर देउराली पानी सँगै आएको चट्याङको कारण गोठमा बाँधी राखेको १ वटा गोरुका मरेको छ भनेस्थानिय रमेश परियार चट्याङको कारण सामान्य घाइते भएका छन । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ल्याइएको छ यस्तै चट्याङले विभिन्न घरमा मिटर बक्समा क्षति पुराएको छ ।


यस्तै हावाहुरुले वडा नम्बर ८ मा केरा खेतिमा क्षति पुराएको छ । यस्तै वडा नम्बर १० मा पनि केही घर गोठहरु हुरीले उढाएको छ । वडा नं. ११ मौवावारीमा विद्युतको ४ वटा पोल ढालेको वडा सदस्य इन्द्रबहादुर पल्लीले जानकारी गराए । विद्युत वडा नम्बर १२ को खल्याखर्कमा सञ्चारकर्मी पुनहरी बेल्बासेको घरको छानो हुरीले उडाएर क्षति पुराएको छ । वडा नम्बर १२ मा ७ घर गोठमा क्षति भएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए ।


अन्य वार्डमा पनि व्यापक क्षती भएको बताइएको छ । 

अन्य समाचारहरु