धारापानीका बेपत्ता युवाको शब कपिलवस्तुको हर्दौनामा फेला

धारापानीका बेपत्ता युवाको शब कपिलवस्तुको हर्दौनामा फेला


अर्घाखाँचीडट्कम संवाददाता 

वाणगंगा, कपिलवस्तु  (अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको बनगाई स्थित कपिलधाम कोईलीखोला (कजवे)ले बगाएर बेपत्ता अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ३ धारापानीका एक युवाको शब फेला परेको छ ।  


प्रहरीले बिहीवार बनगाई स्थित कपिलधाम कोईलीखोला (कजवे) ले बगाएर  बेपत्ता धारापानीका ४५ वर्षिय पशुपति पौडेलको शब आज आईतबार चौथो दिन महाराजगन्ज नगरपालिकाको वार्ड न ८ को हर्दौनामा फेला परेको हो । 

स्थानीयले एउटा शव देखेको भने उक्त ठाउँमा खोजी गर्दा पौेडेलको शव भेटिएको कपिलवस्तु प्रहरी डिएसपि धर्मराज भण्डारीले बताए । हर्दौना अन्तरगत पर्ने महाराजगन्ज नगरपालिकाको वार्ड न ८ सिमरा क्षेत्र भित्र उक्त शव फेला परेको थियो । 

पौडेलको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको प्रहरीले बताएको छ । 

पौडेल  धारापानीबाट आमा बुबा सहित आफ्नो साथीको ब्यक्तिगत गाडीमा बुटवल तर्फ जाँदै गर्दा गत साउन २८ गते बिहीबार दिउँसो डोहोंटेबाट बनगाई निस्कने क्रममा बाटोमा पर्ने कपिलधाम कोईलीखोलाले बगाएर बेपत्ता भएका थिए । 

खोलो आएको देखेपछि उनले गाडीलाई खोला साईडमा राखेर कत्रो खोला रहेछ यसो चेक गर्नु पर्‍यो भनेर नदिको किनारामा आउन खोज्दा कजवेको छेउबाट एक्कासी नदिमा परेका र निजलाई खोलाले लगेको देखेका र उनलाई बचाउन पौडन सक्नेहरु खोलातर्फ  बचाउन कोसिस गरेका थिए। तर हेर्दाहेर्दै  खोलाले भासेर देख्न नै नसकिएको र हेर्दाहेर्दै बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका निबर्तमान अध्यक्ष डिलाराम भुसालले बताए थिए ।  

पौडेलले केही बर्षदेखि अर्घाखाँचीबाट बसाइँसराइ गरि बुटवलमा ब्यबसाय गर्दै आएका थिए । उत छोरा बेपत्ता भएपछि बुबा आमा अर्धचेत अबस्थामा रहेका छन् ।  

अन्य समाचारहरु