केरुङ्गाको धरमपानीका आगलागी पीडितलाई घर बनाइदिदै विवेकशील साझा पार्टी अर्घाखाँची

 केरुङ्गाको धरमपानीका आगलागी पीडितलाई घर बनाइदिदै विवेकशील साझा पार्टी अर्घाखाँची


दिपक भुसाल 

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका वार्ड नम्बर –४ केरुङ्गाको धरमपानीका घरविहीन नारायण थापा र उनको परिवारलाई सहयोगार्थ विवेकशील साझा पार्टी अर्घाखाँचीले घर निर्माण कार्य शुरु  गरेको छ।


गत वर्ष (२०७७) चैत्र २० गते भीषण आगलागीबाट थापाको घर, गोठ जलेर नष्ट भएपछि उनको ७ सदस्यीय परिवार वासस्थानविहीन अवस्थामा कष्टकर र असुरक्षित जीवन जिउन बाध्य भएको देखेपछि विवेकशील साझा पाटि अर्घाखाँचीले जनताको सेवा गर्न समर्पित भन्ने नीति अनुरुप पार्टीले व्यक्तिको सुरक्षासाथ बांच्न पाउने अधिकारकै प्रत्याभूतिस्वरुप उक्त घर निर्माण कार्य प्रारम्भ गरेको छ। 

डकर्मीको काम गरेरै जेनतेन  परिवार पाल्दै आएका थापाको आर्थिक अवस्था कमजोर भएकाले उनी सानो बासस्थान बनाएर बस्न पनि गार्‍हो थियाे । थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले बस्ने घर, खाद्यान्न सामग्री र लत्ताकपडाको व्यवस्था मिलाउन कोरोना सँक्रमणको असहज परिस्थितिमा समेत पार्टीले अभियान चलाएको थियो । 


देश तथा विदेशमा बस्नुहुने पाटि सदस्य तथा पाटिका शुभचिन्तक लगाएतकाेे सहयोग संकलन अभियानबाट प्राप्त भएको रकमले एक महिनाभित्र दुई तले घर निर्माण गरेर थापालाई हस्तान्तरण गरिने विवेकशील साझा पार्टी अर्घाखाँची जिल्ला संयोजक पुशपति पाण्डेले लुम्बिनी पाेष्टलाई बताउनु भयो ।

कोविड–१९को विषमताले गर्दा ढिला सुुरु भएको घर निर्माण कार्य टार्न नमिल्नेगरी प्रतिकुुलता सिर्जना नभएमा योजना अनुरुप निर्धारित अवधिभित्र सम्पन्न हुने र पीडित परिवारलाई हस्तान्तरण गरिने विश्वास संयोजक पाण्डेले व्यक्त गर्नुु भयो ।

अन्य समाचारहरु