शितगंगा नगरपालिका कोरोना मुक्त

शितगंगा नगरपालिका कोरोना मुक्त


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका लगभग  कोरोना मुक्त भएको छ ।  यस नगरपालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या १ जना मात्र रहेको छ । 


साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यसअघि पनि शितगंगा नगरपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४२८ जना रहेको छ । 

यस्तै यस नगरपालिकामा गत वर्षदेखि आजसम्म  ४१४ जनाले कोरोना जितेका छन् । भने १ जना आत्महत्या सहित १३ जनाको निधन भएको छ । 

जिल्लाको कोरोना विवरण यस्तो छ: 

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १०  जना,  शितगंगा नगरपालिकामा १ जना,  मालारानी गाउँपालिकामा २९,   पाणिनी गाउँपालिकामा ६    र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४१५७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८१९   जना, भूमिकास्थान नगरपालिकामा ७२४ जना,     शितगंगा नगरपालिकामा ४२८ जना,       मालारानी गाउँपालिकामा ५२५ जना,  पाणिनी गाउँपालिकामा ३७२  जना  र छत्रदेव गाउँपालिकामा २८९ जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लामा १० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ३९९७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १७६२ जना, भूमिकास्थान नगरपालिकामा ६९९ जना,  शितगंगा नगरपालिकामा ४१४ जना,   मालारानी गाउँपालिकामा ४८२ जना,    पाणिनी गाउँपालिकामा ३५७ जना   र छत्रदेव गाउँपालिकामा २८९   जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

मंगलवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु