शितगंगा नगरपालिकाले अबदेखि रोगी र र विपद्‍मा परेका नगरवासीलाई रु. २५,००० सम्म आर्थिक सहायता दिने

शितगंगा नगरपालिकाले अबदेखि रोगी र र विपद्‍मा परेका नगरवासीलाई रु. २५,००० सम्म आर्थिक सहायता  दिने

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आफ्ना गम्भिर प्रकृतिको रोगको उपचार र विपद्‍मा पर्ने नगरवासीहरुलाई रु. २५,००० (रु. पच्चीस हजार) दिने भएको छ । 

नगरप्रमुख सुर्य प्रसाद अधिकारीका अनुसार शितगंगा नगरवासीहरुलाई गम्भिर प्रकृतिको रोगको उपचार र विपद्मा परी आर्थिक सहयोगको माग भई वार्डको सिफारिस सहितको निवेदन र वास्तविक समस्याको अध्ययन गरी रु. २५,००० (रु. पच्चीस हजार) सम्मको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको हो । 

शितगंगा नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरु उपचार गर्न जान नपाएर ज्यान गएका घटनाका बारेमा समाचार आईरहेका थिए । 

अन्य समाचारहरु