सन्धिखर्ककाे मदरल्याण्ड बाेर्डिङ स्कूल जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय शोधकार्यका लागि छनौट

सन्धिखर्ककाे मदरल्याण्ड बाेर्डिङ स्कूल जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय शोधकार्यका लागि छनौट


हरि प्रसाद भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ मा रहेकाे मदरल्याण्ड ईङ्लिस बाेर्डिङ स्कूल जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय शोधकार्यका लागि छनौटमा परेको छ ।


विश्व वातावरणकाे अध्ययन एवं छलफल गर्नकाे लागि लागि बृटिस काउन्सिल यूकेबाट परियोजना स्विकृत भएको छ । जसकाे लागि अर्घाखाँची जिल्लाबाट मदरल्यान्ड ईङ्लिस बाेर्डिङ स्कुलमात्र  छनाेटमा परेकाे हाे ।

यस परियोजना कार्यको मुख्य उद्देश्य संसार भरि विभिन्न धरातलीय प्रदेशको जलवायु परिवर्तनको अवस्था मापन गर्नु रहेको छ । यो सहकार्यको लागि तराईका ३ , पहाडका ३ र हिमाली भेगका ४ गरि जम्मा १० वटा विद्यालय छनौट भएका छन् । जसअन्तरगत मदरल्यान्ड पनि परियोजना सहकार्यको लागि नेपालबाट छानिएको विद्यालयका प्रिसिन्पल सागर पाँडेले बताए ।

खास गरि यूके अन्तर्गत स्कटलैण्डको त्यहाँ अवस्थित सवै भौगोलिक क्षेत्रका १० वटा विद्यालयहरू र नेपालका तराई , पहाड़ ,र हिमालय क्षेत्रका गरि १० वटा विद्यालयहरू वीच यस परियोजना कार्यमा सहकार्य हुनेछ । यो सहकार्य अन्तरगत मदरल्याण्डले स्कटलैण्डको एक विद्यालयसंग बातावरणिय अवस्थाकाे विषयमा छलफल गर्नेछ ।

यो परियोजना कसरी सञ्चालन हुन्छ ?

यस परियोजना कार्य सम्पन्न गर्न विद्यालयले आफ्नो विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूबाट ईकाे कमिटि गठन गरि उनीहरूले जथाभावी फालिएकाे फाेहाेर, चराचुरुङ्गी, बन्यजन्तु, पानी, वायु र यसकाे कारक तत्वका सम्वन्धमा छलफल गर्नेछन । परियोजना सम्पन्न गर्नको लागि विद्यालयमा मौषम मापन केन्द्र राख्ने, कर्वन अक्ससाईड मात्रा मापन ,तापमान केन्द्र राख्नु पर्ने, सापेक्षिक आद्रता मापन केन्द्र जस्ता पूर्वाधार राखेर त्यस सम्बन्धी अध्ययन अनुसन्धान गरिनु पर्ने उल्लेख छ ।

परियोजना कार्यमा वायु प्रदूषण र पानी प्रदुषणको अवस्था , कारण र निर्मलिकरणको उपाय समेत अनुसन्धान गरिनेछ ।

मदरल्यान्डले स्कटल्यान्डमा रहेकाे व्ल्याक बर्न प्राईमरी स्कुलसंग सहकार्य गर्नेछ । लेभन र मरल्यान्का विद्यार्थीले बातावरणिय अवस्थाकाे विषयका सुचना आदान प्रदान तथा छलफल गर्नेछन ।

अनुसन्धानमा विद्यार्थीले के गर्छन् ?

अनुसन्धानको क्रममा नेपालस्थित प्रत्येक भौगोलिक क्षेत्र ( तराई , पहाड र हिमाली )क्षेत्रको जलवायु , कार्वन डाईअक्साईडको मात्रा, तापक्रम, र सापेक्षिक आर्द्रता मापन गरि एक एक हप्ताको प्रतिवेदन तयार गरि सो प्रतिवेदन स्कटलैण्डका सहकार्य गर्ने स्कूलहरूसंग पनि तुलना गरिन्छ ।

जलवायु परिवर्तन सम्वन्धि अन्तरास्ट्रिय सम्मेलन आगामी नाेभेम्वरमा स्कटलैण्डमा हुदैछ । सम्मेलनमा परियोजनामा आवद्द सवै विद्यालयका सहभागीहरूले अनुसन्धान गरेको जलवायु परिवर्तनका आँकडा स्कटलैण्डको अनुभवी वैज्ञानिकहरूवाट प्रस्तुत गरिनेछ ।

यो अनुसन्धानबाट प्राप्त प्रतिवेदन माथिको तुलनात्मक छलफल कार्य निरन्तर ५ वर्ष सम्म सञ्चालन हुने छ ।

यो क्लाइमेट चेन्ज स्टडी परियोजना कार्य सम्पन्न गर्न व्रिटीस काउन्सीलले प्रत्येक सहभागी विद्यालयलाई आवश्यक आर्थिक अनुदान प्रदान गरि शैक्षिक अभिबृद्धि गर्नका लागि आवश्यक उपकरण तथा भौतिक सामाग्री स्थापनामा सहयोग पुर्याउने छ ।

कुनैपनि परिवर्तनकाे शुभारम्भ स्कुलबाट सहजताका साथ शुरु गर्न सकिन्छ । विद्यार्थिकाे क्षमता विकास र विश्व वातावरणकाे विषयमा जानकारी लिनुका साथै आपसी भातृत्व बिकासका लागि कार्यक्रम प्रभावकारी हुने प्रिन्सिपल पाँडेकाे विस्वास छ ।

साथै कार्यक्रमले दिगाे विकास लक्ष्य २०२०,  कला, लेख रचना, खाेज अनुसन्धान सहित वैज्ञानिक अनुसन्धान जस्ता विषयमा बिद्यार्थिहरुमा क्षमता विकास हुने  विद्यालयका प्रिन्सिपल पाँडेले विस्वास लिएका छन् ।
 

अन्य समाचारहरु