पहिरो जाँदा धारापानी - ढाकावाङ्ग सडक ठाउँ - ठाउँमा अबरुद्ध, धारापानीमा केही घर जोखिममा (तस्बिरहरु)

पहिरो जाँदा धारापानी - ढाकावाङ्ग सडक ठाउँ - ठाउँमा अबरुद्ध, धारापानीमा केही घर जोखिममा (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । निरन्तर परेको भारी वर्षाका कारण पहिरो जाँदा अर्घाखाँची जिल्लाको भुमिकास्थान वार्ड नम्बर ४ धारापानीमा बोडिङ्ग रहेको भवन सहित केही घर जोखिम भएको छ । 


पहिरो जाँदा धारापानी बजार नजिकमा रहेको बोडिङ्ग भवन सहित केही घर जोखिम भएको हो । 


धारापानी - ढाकावाङ्ग सडक ठाउँ - ठाउँमा अबरुद्ध हुनुका साथै स्थानियबासीले पहिरो हटाएका छन् । 


उता सडकमा पहिरो हटाएता पनि कतिपय स्थानहरुमा सडक माथिबाट ढुङगाहरु खस्न जोखिम रहेको छ ।  

फोटो: आकाश भाट छेत्री 

अन्य समाचारहरु