छत्रदेव गाउँपालिका कोरोना मुक्त हुँदै, २ जना संक्रमित बाहेक सबैले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)

छत्रदेव गाउँपालिका कोरोना मुक्त हुँदै, २ जना संक्रमित बाहेक सबैले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या २ जना रहेको छ । 


साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि छत्रदेव  गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २५५ जना रहेको छ । 

यस्तै गएको २४ घण्टामा १ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म  २५०   जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ । 

बिहीवार जिल्लाको कोरोना विवरण यस्तो छ:

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३२९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६६ जना, भूमिकास्थान नगरपालिकामा ७४,      शितगंगा नगरपालिकामा १६,  मालारानी गाउँपालिकामा ४६,     पाणिनी गाउँपालिकामा २५           र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २९८२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२९१  जना, भूमिकास्थान नगरपालिकामा ५५५ जना,     शितगंगा नगरपालिकामा ३४५ जना,       मालारानी गाउँपालिकामा २८९  जना,  पाणिनी गाउँपालिकामा २४७   जना  र छत्रदेव गाउँपालिकामा २५५  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा १० जनाले कोरोना जितेका छन् । साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २५८४ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११०५ जना, भूमिकास्थान नगरपालिकामा ४६६ जना,  शितगंगा नगरपालिकामा ३१७ जना,   मालारानी गाउँपालिकामा २३२ जना,    पाणिनी गाउँपालिकामा २१४ जना   र छत्रदेव गाउँपालिकामा २५०  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

अन्य समाचारहरु