भारतमा फिल्म हल खुलेसँगै ठूला स्टारका फिल्महरू प्रदर्शनको तयारीमा

भारतमा फिल्म हल खुलेसँगै ठूला स्टारका फिल्महरू प्रदर्शनको तयारीमा


एजेन्सी 

कोरोना महामारीले लामो समय बन्द भएका हल खुल्न थालेसँगै भारतमा ठूला स्टारका फिल्महरू प्रदर्शनको तयारीमा छन् । संक्रमण दर घटेसँगै गत जुलाई अन्तिमदेखि भारतका हल खुल्न थालेका हुन् । 

दिल्लीलगायत विभिन्न सहरका हल ५० प्रतिशत दर्शक क्षमतामा खोलिएपछि महामारीअघि प्रदर्शन रोकिएका फिल्मले मिति पक्का गरेका हुन् । यसअघि मार्चमा खुलेका हल कोरोना फेरि बढेपछि बन्द भएका हुन् ।

अक्षय कुमार अभिनीत 'बेल बटम'ले अगस्ट १९ देखि हलमा आउने तयारी थालेको छ । यसलाई महामारीपछि हलमा प्रदर्शन हुने ठूलो फिल्मका रूपमा चर्चा गरिएको छ । लामो समय सुनसान रहेका हलमा अक्षयकुमारले दर्शक तान्नेमा आशावादी छन्, सञ्चालकहरू ।

अक्षयपछि हलमा अभिनेता अमिताभ बच्चनको फिल्म 'चेहेरे' प्रदर्शनमा आउने भएको छ । इमरान हासमी, रिया चक्रवर्ती अभिनीत फिल्म अगस्ट २७ देखि प्रदर्शनमा आउने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बच्चनले सामाजिक सञ्जाल ट्विटरमा हालै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका थिए ।

अन्य समाचारहरु